त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८ सय ५५ ग्राम सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफअहम अब्दुल गफुर पक्राउ परेका छन् ।
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा जाँच गर्ने क्रममा अवैध रूपमा लुकाइछिपाइ भन्सार छलि लैजान लागेको सुनसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
गफुरलाई थप अनुसन्धान तथा कारवाहीको लागि भन्सार कार्यालय पठाइएको छ ।
आमाको हत्या गर्ने राई पक्राउ
उता, सुनसरीमा आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दीपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
दीपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएकी र उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिक्रिया