- सुरेन्द्र सुवेदी, काठमाडौं
राजधानीको सितापाइलामा चार जना मृत भेटिएका छन् । प्रहरी परिसर काठमाडौंका अनुसार ३८ वर्षीया महिलाका साथै उनका ८ र २ वर्षीया छोरी मृत भेटिएका हुन् ।
उनीहरुको हत्या भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । मृतक महिलाका पति पनि झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।
मृत फेला पर्ने व्यक्ति सोलुखुम्बुका रामप्रसाद सुनार रहेको काठमाडौं प्रहरी परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्र खत्रीले जानकारी दिए । सुनारको शव घरभन्दा अलिक पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
यी घटनाको प्रहरीले अनुसन्धान थालेको जनाएको छ । काठमाडौं अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंको अनुसन्धान टोली घटनास्थल पुगेर काम थालिसकेको छ ।
प्रतिक्रिया