अफ्रिकाको मिनुस्कामा शान्तिसेनाको बदली

अफ्रिकाको मिनुस्कामा शान्तिसेनाको बदली


संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि केन्द्रीय अफ्रिकन रिपब्लिकमा तैनाथ United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) मा सहभागी भवानी बक्स गण (शान्ति सेना), पाँचौं डफ्फालाई बदली गर्न दि फेमश महिन्द्र दल गण (शान्ति सेना), छैठौं डफ्फाका १ सय १७ नेपाली शान्ति सैनिक सेनानी दिपेश राना मगरको नेतृत्वमा मिसन इलाका प्रस्थान गरेका छन् ।

यो मिसनमा कार्यरत रहेर कार्यकाल सम्पन्न गरेका १ सय १६ जना नेपाली शान्ति सैनिक सेनानी आदित्य कार्कीको नेतृत्वमा केही दिनअघि स्वदेश फर्किएका छन् ।

हाल उक्त मिसनमा नेपाली सेनाका १ हजार २ सय ४१ जना शान्ति सैनिकहरू कार्यरत रहेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए ।