प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला

प्रसूति गृहबाट हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला


काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको नवजात शिशु (बालिका) फेला परेको छ ।

उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु भक्तपुरको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन् ।

‘हराएको नवजात शिशु भक्तपुरको काँडाघारीमा फेला परेको छ, बच्चा लिएर जाने महिलालाई पक्राउ गरेका छौं’, उनले भनेका छन् ।

काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका-३ घर भइ हाल काठमाडौंको कपन बस्दै आएकी २२ वर्षीया सविना श्रेष्ठले शुक्रबार दिउँसो प्रसूति गृहबाट आफ्नो २६ दिनको शिशु चोरी भएको भन्दै प्रहरीलाई मौखिक सूचना दिएपछि प्रहरीले खोजीकार्य सुरु गरेको थियो ।

प्रसूति तथा स्त्री रोग अस्पतालबाट हरायो नवजात शिशु