भजनशिरोमणि विशेषणबाट समेत चिनिने गायक भक्तराज आचार्यको निधन भएको छ । आज (१४ फागुन) अचानक शरीरमा अक्सिजन लेभल घटेपछि अस्पताल लैजाने क्रममै ८२ वर्षीय गायक आचार्यको निधन भएको हो ।
करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीत गाएका अब्बल आवाजका धनी गायक आचार्यको साढे तीन दशकअघि अर्थात् ०४६ साल मंसिर १९ गते एक दुःखद घटनापछि स्वर र सुर हराएको थियो ।
कर्णप्रिय आवाजका धनी गायक आचार्यका जहाँ छन् बुद्धका आँखा…, जति चोट दिन्छौ देउ मायालु.., हजार सपनाहरुको माया लागेर आउँछ… लगायत थुप्रै गीत चर्चित छन् ।
दिवंगत आचार्यका श्रीमती, दुई छोरा (गायक सत्यराज र स्वरुपराज), बुहारीहरु र दुई नाति छन् ।
यसैगरी भारतका सुविख्यात गजल गायक पंकज उधासको पनि ७२ वर्षको उमेरमा आज निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहँदै आएका गायक उधासलाई दश दिनअघि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया