सिंहदरबार र सिंहदरबार र संसद् भवनवरिपरि फुटपाथमा हिँड्न रोक

सिंहदरबार र सिंहदरबार र संसद् भवनवरिपरि फुटपाथमा हिँड्न रोक


लघुवित्तका आन्दोलनकारीका कारण प्रहरीले सिंहदरबारवरिपरि हिँड्न रोकेको छ । हिजो (सोमबार) लघुवित्तका आन्दोलनकारीको समूह नयाँबानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेपछि प्रहरीले यो कदम चालेको हो ।

सिंहदरबारवरिपरि फुटपाथमा प्रहरीले डोरी टाँगेको छ र डोरी टाँगिएको क्षेत्रमा बटुवालाई हिँड्न पनि रोकेको हो । डोरी टाँगेको क्षेत्रमा ‘निषेधित क्षेत्र’ लेखिएको छ । बटुवाहरू सडकबाट हिँडिरहेका छन् ।

सोमबार लघुवित्तका ऋणीको टोली संसद् भवनमा प्रवेश गरेपछि गृह मन्त्रालयले भवनको बाहिरी सुरक्षामा खटिएका प्रहरी निरीक्षकसहित ३२ जनाको जिम्मेवारी खोसेको छ ।