प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका पूर्व दुई प्रमुख कार्यकारी अधिकृतसहित १० जनालाई पक्राउ गरेको छ । बैंकका तत्कालीन सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको सिआइबीले जनाएको छ ।
बैंकले गरेको ऋण प्रवाहमा अनियमितता गरेको आरोपमा न्यौपाने, सेन्चुरीकै पूर्व सीईओ तुलसीराम गौतमलगायतलाई पक्राउ गरेको हो । नेपाल राष्ट्र बैंकको जाहेरीमा न्यौपाने र गौतमसहितलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
सेन्चुरी बैंक प्रभु बैंकमा मर्जर भइसकेको छ । सिआइबीका अनुसार पक्राउ पर्नेमा प्रभु बैंकका कर्मचारीहरू दिलीप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सुनिल बस्नेत र राजेश भण्डारी छन् । उनीहरू सेन्चुरी बैंकका पूर्वकर्मचारी हुन् ।
न्यौपाने माधवकुमार नेपालका भान्जा हुन् । सेञ्चुरी बैंकको ऋण लगानीमा भएको हिनामिनाको थप अनुसन्धान भइरहेको सिआइबी जनाउँ छ ।
प्रतिक्रिया