वीरगञ्जमा ५ हजार २२० केजी प्याज बरामद

वीरगञ्जमा ५ हजार २२० केजी प्याज बरामद


भारतबाट भन्सार छलेर ल्याउँदै गरेको ५ हजार २ सय २० किलो प्याज वीरगञ्ज प्रहरीले बरामद गरेको छ ।

शुक्रबार (आज) दिउँसो साढे १२ बजे वीरगञ्ज महानगरपालिका-८ मिनाबजार स्थितमा भारतबाट भन्सार छलेर ल्याएको प्याज प्रहरीले बरामद गरेको हो । बरामद प्याजको मूल्य करिव ४ लाख रुपैयाँ रहेको छ ।

यस्तै, भन्सार छलेर ल्याएका कपडा पनि प्रहरीले बरामद गरेको छ । बरामद गरिएका कपडाको मूल्य ३ लाख ३ हजार ३ सय ९० रुपैयाँ रहेको प्रहरी जनाउँछ ।