आजको पञ्चाङ्ग एवम् राशिफल (२० फागुन २०८० आइतबार, ३ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० फागुन २०८० आइतबार, ३ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ ने.सं. ११४४ शिशिर ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० फाल्गुण २० गते इ.सं. २०२४ मार्च ३ तारिख आइतबार फाल्गुन कृष्ण पक्षको अष्टमी तिथि अनुराधा नक्षत्र हर्षण योग बालव करण आनन्दादिमा मृत्यु योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२८ मा भयो र सूर्यास्त साँझ १८ः०५ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – कामका विविध झमेला एवम् मुद्दामामिलाबाट मुक्ति मिल्ने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने धनलाभको पनि योग छ । तथापि, गलत व्यक्तिको विश्वासमा पर्नाले काममा धोका मिल्न सक्छ, सचेत रहनुहोला । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ । स्वास्थ्य सवल रहने छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

वृष – रोकिएका काम बनी नयाँ काम सुरु हुने दिन छ । व्यापार–व्यवसायमा फाइदा नै हुने देखिन्छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् भने प्रेम र मित्रताको बन्धन कसिने समय छ । तर, समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावनाप्रति सचेत रहनु हितकर होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आफन्तजनको साथ–सहयोग रहनेछ ।

मिथुन – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ । अन्धविश्वासको भरमा काम नगरेकै राम्रो होला । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । राजनीतिक पहुँच बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ, सावधान रहनु हितकर होला । मिठो भोजन पा्रप्तिको योग छ । यश, वर्चश्व वृद्धि हुनेछ ।

कर्कट – प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुने समय छ । मंगलमय काम सम्पादन हुनसक्छ । मानसम्मान प्राप्त हुने योग छ । काममा आफन्तको सहयोग जुट्ला । आम्दानी बढ्नाले उत्साह थपिनेछ । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु उचित हुनेछ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना रहेकोले विशेष सचेतनाको खाँचो छ ।

सिंह – आजको दिन सुखद समाचारले काममा उत्साह जगाउनेछ । परिवारजनको सहयोगले उत्साह बढाउला । स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनु हितकर होला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट होला । व्यवसाय र उद्योगधन्दामा राम्रै फाइदा मिल्ने योग छ । प्रतिभाको उचित कदर हुने समय छ । कर्मबल बढ्नेछ, रसरागमा आकर्षण रहला ।

कन्या – पराक्रम, आनन्द र आरोग्यता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ भने यात्रागत कार्यबाट धनलाभ हुन सक्छ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । कृषिकर्मबाट प्रशस्त फाइदा मिल्ने देखिन्छ । वर्चश्व बढ्नेछ । उच्चाधिकारीको साथ मिल्नेछ ।

तुला – दिन अलिक चुनौतीयुक्त छ । सरकारी निकायबाट कडिकडाउको सिकार भइने सम्भावना छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना रहेकोले व्यवहारमा विशेष सजगता अपनाउनु हितकर होला । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । तथापि, समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण रहने योग छ ।

वृश्चिक – आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधाको सम्भावना छ, सजगता अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ । भाग्यबल वृद्धि हुनेछ । चुनौतीका बाबजुद समयले साथ दिनेछ ।

धनु – ब्यापार-व्यवसायबाट राम्रै धनलाभ हुने समय छ । भौतिक साधनहरू जुट्नेछन् । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर जुर्ला । राजनीतिक पहुँच बढ्नेछ । कुनै नयाँ काम प्रारम्भ र आर्थिक समस्या पनि समाधान हुने योग छ । अनुकूलता बढ्नेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर – आज विभिन्न अवसरले पछ्याउनेछन् भने मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि मुक्ति मिल्नेछ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तथापि, बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ । पठनपाठनमा राम्रो उन्नति होला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । आयबल बढ्नेछ । रोकिएको काम बन्नुका साथै यश वर्चस्व वृद्धि हुनेछ ।

कुम्भ – कर्मबल बढेपनि काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । खर्च बढ्ने योग छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । तापनि, प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने देखिन्छ । रसरागमा आकर्षण रहला । मिठो भोजन प्राप्त हुनेछ । इष्टमित्रजनको साथ रहनेछ ।

मीन – आर्थिक समस्या समाधान हुने समय भएपनि पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्याको योग भएकोले विशेष सजगता अपनाउनु हितकर हुनेछ । आजको दिन चोटपटकबाट बच्न सवारीसाधन तथा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित होला । भय र भ्रम हट्नेछ । रसरागमा आकर्षण रहला ।