‘शालिनको मृत्यु झुण्डिएर’ : पोष्टमार्टम रिपोर्ट

‘शालिनको मृत्यु झुण्डिएर’ : पोष्टमार्टम रिपोर्ट


चितवनमा १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्यु झुण्डिएर नै भएको देखिएको छ ।

रत्ननगर नगरपालिका-१० को शिशु निकेतन माविकी छात्रा शालिन यही फागुन १० मा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भएको पोष्टमार्टम परीक्षणमा उनीको झुण्डिएकै कारण मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।

शालिनको बलत्कारपछि हत्या भएको उनको परिवारले दाबी गर्दै आएको परिवेशमा झुण्डिएरै मृत्यु भएको पोष्टमार्टमले देखाएको हो ।

शालिनका आफन्तले बलात्कारपछि हत्या गरेको दावी गरेपछि उनीका संवेदनशील अंगको पनि परीक्षण गरिएको थियो । शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएकोमा उनको परिवारले त्यहाँ पोष्टमार्टम गर्न नमानेपछि त्रिवि शिक्षण अस्पतालमा शव ल्याइएको थियो ।

चितवन प्रहरीका अनुसार प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि शालिनले आत्महत्या नै गरेको देखाएको थियो ।