‘सन्तनेता’को सम्झनामा मैनबत्ती प्रज्वलन

‘सन्तनेता’को सम्झनामा मैनबत्ती प्रज्वलन


नेपाली कांग्रेसका सन्तनेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृति दिवसका अवसर पारेर इनरुवामा दीप प्रज्वलन गरिएको छ । इनरुवा-१ स्थित लोकतान्त्रिक चोकमा नेता भट्टराईको सम्झनामा नेपाली कांग्रेस सुनसरीले दीप प्रज्वलन गरेको हो ।

काङ्ग्रेसका स्थानीय नेता धिरज भट्टराईका अनुसार त्यस अवसरमा कांग्रेसनेता एवं पूर्वराज्यमन्त्री सीताराम मेहताले सन्तनेता भट्टराईले देखाएको त्यागको राजनीतिको चर्चा गरे । ‘सन्तनेता भट्टराई सिंहदरबारमा जसरी प्रवेश गर्नुभयो त्यसैले नै फर्कनुभयो, उहाँले लिएको सिद्धान्त आज पनि पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताले अनुशरण गर्नुपर्छ’- नेता धीरजको भनाइ थियो ।

सो अवसरमा नेपाली कांग्रेस सुनसरीका उपसभापति पङ्कज महतो, इनरुवा नगरपालिकाका उपप्रमुख बिनिता मेहता, पूर्वउपप्रमुख जमुना गौतम पोखरेल, नगर उपसभापति विनिता दाहाल, युवा नेता धिरज भट्टराई, चन्दन यादव, शिवकुमार यादव, योगेन्द्र मेहता, जमिल अख्तर अजाद, बब्लु भगत, चन्दन यादवलगायतको सहभागिता थियो ।

file photo