कांग्रेससँगको गठबन्धन अन्त्य ! मुलुकमा फेरि बाम गठबन्धनको सरकार !!

कांग्रेससँगको गठबन्धन अन्त्य ! मुलुकमा फेरि बाम गठबन्धनको सरकार !!


केही दिनको गृहकार्यपश्चात् नेपाली कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ गठबन्धनको प्रधानमन्त्री बन्ने निर्णयमा प्रचण्ड पुगेका छन् ।

धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र र जातिवादमा आधारित समानुपातिक प्रणालीको रक्षाका निम्ति प्रचण्डले एमाले र रास्वपा नामक समूहलाई लिएर अबको सत्ता यात्रा गर्ने भएका छन् ।

प्रचण्ड र केपी ओलीबीच केही दिनयता भएको सम्वादले दुई नेताहरू सहयात्री बन्ने निष्कर्षमा पुऱ्याएको हो । आज (२१ फागुन) बाट प्रचण्डले कांग्रेसलगायतका दलसँगको गठबन्धन तोडेर एमालेसँगको गठबन्धन बनाउने भएका छन् ।

नयाँ गठबन्धनप्रति पश्चिमाहरूको समेत तत्कालका निम्ति साथ रहने बुझिएको छ ।