प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन् । प्रधानमन्त्री निवासमा सुखानी सहीदका परिवारजनसँगको भेटमा उनले भनेका छन्, ‘शहीदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’
२०२९ फागुन २१ गते तत्कालीन शासकले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरेको थियो । प्रधानमन्त्रीसँगको भेटमा सुखानी शहीद परिवारका सदस्य विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए ।
कम्युनिष्ट आन्दोलन र जनयुद्धलाई एकापसमा जोड्नका लागि नेकपा (माओवादी केन्द्र)ले फागुन १४ देखि २१ सम्म शहीद सप्ताह मनाउँदै आएको छ ।
photo: rss
प्रतिक्रिया