राष्ट्रियसभामा निर्वाचित १९ जना सदस्यले आज (सोमबार) शपथ लिएका छन् ।
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ गराएकी हुन् ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिनाको पनि कार्यकाल सकिएकोले उपाध्यक्ष अर्यालले शपथ गराएकी हुन् । गत माघ ११ गते १९ जना राष्ट्रिय सभा सदस्यको निर्वाचन भएको थियो । अब रिक्त एक सदस्य राष्ट्रपतिले मनोनित गर्नेछन् ।
यसैबीच आजका लागि निर्धारित राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश स्थगित भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
राष्ट्रियसभाको आगामी बैठक यही फागुन २४ गते बिहीबार अपराह्न १ः१७ बजे बस्ने जानकारी दिइएको छ ।
प्रतिक्रिया