महाशिवरात्री पर्व : पशुपतिमा नौ लाइनबाट दर्शन, ६ हजार स्वयंसेवक

महाशिवरात्री पर्व : पशुपतिमा नौ लाइनबाट दर्शन, ६ हजार स्वयंसेवक


महाशिवरात्री २०८० को तयारी अन्तिम चरणमा पुगेको छ । शिवरात्रीको अवसरमा तिलगंगा राम मन्दिर हुँदै, पिंगलास्थान सुमार्गी भवन हुँदै, जयबागेश्वरीहुँदै र गौरीघाट उमाकुण्डहुँदै चार लाइनबाट दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा प्रचारप्रसार, आवास, भोजन तथा पूर्वाधार व्यवस्था उपसमिति संयोजक बाबुशरण सुवेदीले घटना र विचारलाई बताए ।

कोष सदस्य तथा उपसमिति संयोजक सुवेदीका अनुसार महाशिवरात्री पर्व र मेलालाई व्यवस्थित गर्न ८ वटा उपसमिति गठन भइसकेका र ती उपसमितिलेले महाशिवरात्रीको तयारी अन्तिम चरणमा पु¥याएका छन् ।

शिवरात्रीमा ६ हजार स्वायंसेवक परिचालन हुनेछन् । स्थानीय संघ संस्थाहरुले स्वयंसेवक परिचालन गर्छन् । विगतदेखि नै यसरी स्वयंसेवक परिचालन गर्दै आएका संघ तथा संस्थाहरुको एक बैठक राखेर उनीहरुलाई स्वयंसेवकले दिने सेवा र उनीहरुको दायित्वका विषयमा जानकारी गराएको कोषका कोषाध्यक्ष तथा स्वयंसेवक परिचालन उपसमित संयोजक नारायणप्रसाद सुवेदीले घटना र विचारलाई बताए ।

कोषले शिवरात्रीका अवसरमा महंगा गरगहना र जुक्ता तथा चप्पल लगाएर नआउन आग्रह गरेको छ । महंगा सामान र तडक भडकका साथ पशुपतिको दर्शन गर्न आउँदा सामानहरु हराउन सक्ने भन्दै प्रचार प्रसार उपसमिति संयोजक सुवेदीले सकेसम्म बालबालिकालाई पनि लिएर नआउन भक्तजनसँग आग्रह गरेका छन् ।

यो वर्ष भारतबाट साधु र सन्तहरु करिव ४ हजार आउने प्रक्षेपण कोषले गरेको छ । ती साधु र सन्तलाई पशुपतिनाथ मन्दिर परिसरमा बस्ने व्यवस्था मिलाइएको कोष जनाउँछ ।