गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त

गण्डकीमा माओवादीका दुई मन्त्री बर्खास्त


मुख्यमन्त्री पाण्डे भन्छन्- ‘केन्द्रमा प्रचण्डले गठबन्धन तोडे, मैले यहाँ तोडेँ’

गण्डकी प्रदेशमा माओवादी केन्द्रका दुई मन्त्रीलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बर्खास्त गरेका छन् । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले माओवादीका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन् ।

केन्द्रमा नेपाली कांग्रेसलाई छोडेर माओवादीले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजबादी पार्टीसित नयाँ गठबन्धन गरेपछि गण्डकी प्रदेशमा त्यसको असर परेको हो । मुख्यमन्त्री पाण्डेले ‘केन्द्रमा प्रचण्डले गठबन्धन तोडे, मैले यहाँ तोडेँ’ भन्दै प्रतिक्रिया जनाएका छन्।

file photo