दुर्लभ पोथी चित्तलको उद्धार

दुर्लभ पोथी चित्तलको उद्धार


झापाको हल्दिबारी गाउँपालिकाबाट दुर्लभ पोथी चित्तलको उद्धार गरिएको छ ।

मंगलबार बिहान हल्दिबारी-४ स्थित पाथिभरा सामुदायिक वनबाट निस्किएको उक्त पोथी चित्तललाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए ।

वनबाट निस्किएको चित्तललाई कुकुरले लखेटेपछि स्थानीयको घरमा पसेको थियो । स्थानीयले चित्तल समातेर प्रहरीचौकी जलथलमा खबर गरेपछि प्रहरीले जिल्ला डिभिजन वन कार्यालय चन्द्रगढीबाट आएको टोलीलाई उक्त चित्तल सकुशल बुझाएको छ ।