धादिङ बस दुर्घटनाका मृतक सातै जनाको सनाखत

धादिङ बस दुर्घटनाका मृतक सातै जनाको सनाखत


पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-५ घाटबेँसीमा भएको बस दुर्घटनाका मृतक सबैको सनाखत भएको छ ।

कपिलवस्तुको भैरहवाबाट काठमाडौं आउँदै गरेको लु२ख २१२१ नम्बरको बस बुधबार एकाबिहानै दुर्घटनामा परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार मृत्यु हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका-२ का रुवी श्रेष्ठ, काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० का ५५ वर्षीय बेखा पुटुवर, कपिलवस्तुका महेन्द्र चौधरी, रुपन्देहीका जोगिन्दर यादव, रामकिशोर जैसवाल, नासिर अलि र सराजुद्दीन मुसलमान रहेका छन् ।

प्रहरीले जनाए अनुसार दुर्घटनामा परी ३९ जना घाइते छन् भने सो बसमा रहेका नर्मदा सुवेदी, विराज गैरे र प्रकाश पाठक हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको छ ।

photo: rss