६५वर्षे उमेरहद पूरा गरी न्यायाधीश खतिवडा सेवानिवृत्त

६५वर्षे उमेरहद पूरा गरी न्यायाधीश खतिवडा सेवानिवृत्त


सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवानिवृत्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशको ६५वर्षे उमेरहदका कारण उनले बिहीबार (२४ फागुन) सेवाबाट अनिवार्य अवकास लिएका हुन् ।

न्यायाधीश खतिवडा २०३९ चैत ७ गते न्याय सेवामा प्रवेश गरेका थिए । सरकारी वकिल समूहबाट न्यायाधीश बन्नुभएका उनी २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशका रुपमा खतिवडाले २०८० साउन २१ गतेदेखि काम सुरु गरेका थिए । उनले वरिष्ठतम् न्यायाधीशको हैसियतमा न्याय परिषद् सदस्यको जिम्मेवारी समेत निर्वाह गरेका थिए ।

न्यायाधीश खतिवडालाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा अन्य न्यायाधीशहरुले बिदाइ गरे ।

photo: rss