पाँच वर्षीय बालकले लाइटर खेलाउँदा…

पाँच वर्षीय बालकले लाइटर खेलाउँदा…


तनहुँको ऋषिङ गाउँपालिका-६ दाउन्नेमा आगलागीमा परेर आज पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगलागीमा परी शिशिर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा निजका नातिले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको हो ।

बालकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ ।