कालीकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । नरहरीनाथ गाउँपालिका–८ मा करेन्ट लागेर शनिबार बिहान लालुका गाउँका ४३ वर्षीय केशवराज थापा र उनका २७ वर्षीय भतिज गङ्गा थापाको मृत्यु भएको हो ।
नरहरीनाथ गाउँपालिकाका प्रवक्ता तथा वडा नं ९ का वडाध्यक्ष प्रदीप बोहोराका अनुसार विद्युतको सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सबलाइन विस्तार गर्ने क्रममा करेन्ट लागेको हो । “गाडेको विद्युत्को पोल अन्यत्र सार्न खोज्दा पोलको टुप्पोले विद्युत् प्रवाह भइरहेको तारलाई छुँदा करेन्ट लागको हो, दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो”, उनले भनेका छन् ।
मृतक केशवराज थापा स्थानीय मङ्गलासैनी माध्यमिक विद्यालयको शिक्षक थिए ।
प्रतिक्रिया