आजको पञ्चाङ्ग एवम् राशिफल (२७ फागुन २०८० आइबार, १० मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ फागुन २०८० आइबार, १० मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर शिशिर ऋतु वि.सं. २०८० फाल्गुण २७ गते तद्अनुसार सन् २०२४ मार्च १० तारीख आइतबार फाल्गुन कृष्ण अमावश्या तिथि पूर्वाभाद्रपद नक्षत्र साध्य योग किंस्तुघ्न करण आनन्दादिमा चर योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२१ मा भयो र सूर्यास्त साँझ १८ः०९ बजे हुनेछ । दर्शश्राद्ध, हलोबार्ने ।

आजको राशिफल

मेष – आजको दिन उत्साहवर्द्धक रहला । धर्मकर्ममा रुचि बढ्नेछ भने खेलकुद एवम् कलाकारिता क्षेत्रमा रहनेहरुको लागि समय विशेष लाभप्रद देखिन्छ । काममा मातापिताको सहयोग प्राप्त हुनेछ । विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । सवारी साधन प्राप्तिको योग छ । प्रतिभाको कदर हुनेछ । रोकिएको धन उठ्नेछ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिने समय भएपनि मान्यजन वा अभिभावकवर्ग रुष्ट हुन सक्छन् । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । समाजमा तपाईंको कुरा काट्नेको कमी हुने छैन । आकस्मिक यात्राकायोग छ भने नयाँ जिम्मेवारी हात पर्ने सम्भावना देखिन्छ । कर्मबल वृद्धिका साथै सन्तानसुख बढ्नेछ । रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न होला । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउन सक्छ । खर्च बढ्नुको साथै शरीरमा आलस्यता बढ्नेछ । विश्वास गरेकाबाट धोका हुन सक्छ, सावधान रहनुहोला । पठन–पाठनमा त्यति समय दिन नसकिएला । आलोचनाको शिकार बनिएला । प्रतिकुलताका बाबजुद समस्याको समाधान भने प्राप्त हुनेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आर्थिक लाभको अवसर मिल्नेछ । सजिलै अरुको मन जित्न सकिएला । ग्रहको प्रभावले मनमा खराब बिचारहरुले डेरा जमाउन सक्नेछ । काममा रोकावट र मानसम्मानमा आघात पुग्ने सम्भावना रहेकोले विशेष सजग रहनुहोला । दौडधुप बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – दिन शुभदायी छ । कामको उच्च मूल्याङ्कन हुनेछ भने बोलीको पनि कदर हुनेछ । कुनै विशेष खुशीको समाचार सुन्न पाइएला । राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला । दीनदुःखीलाई दिएको सहयोगले रोकिएको काम बन्न सक्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । दामपत्यसुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति रहला ।

कन्या – साहस बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । पुराना इष्टमित्र र प्रेमीप्रेमिकाको मिलन हुने समय छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । बिग्रिएको काम बन्नेछ । पराक्रमका साथै मान महत्व बढ्नेछ । आफन्तजनको साथ प्राप्त होला ।

तुला – समय केही चुनौतीयुक्त छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । व्यापारमा पनि हानी ब्यहोर्नुपर्ने योग छ । कर्मचारी हुनुहुन्छ भने अपजस आइलाग्ला । आजको यात्रा पनि घातक बन्न सक्छ । सकभर यात्रा नगरेकै बेश हुनेछ । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । प्रेमभाव वृद्धि हुनेछ । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक – व्यस्तता बढ्नेछ । सभा-सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । पारिवारिक समस्याले मन खिन्न हुनेछ भने अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि नरहला । मातापिताको स्वास्थ्यप्रति मनमा चिन्ता जागृत होला । उच्च मनोबलका कारण सममस्याहरू टरेर जाने छन् ।

धनु – नसोचेका कामहरु बन्ने समय छ । राम्रै सफलता मिल्नेछ । आत्मविश्वास वृद्धिका साथै शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गीबाट सहयोग मिल्ला । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा पनि प्रगति होला । धन आर्जनको योग छ । पराक्रम बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – समय मनोरञ्जनपूर्ण रहनेछ । व्यावसायिक यात्राको सम्भावना छ । आफन्तजनको प्रगतिको समाचार सुन्न पाइएला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । व्यवसायबाट राम्रै फाइदा उठाउने मौका मिल्ला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने । पशुधन र जमिनबाट लाभ मिल्ने योग छ । धनबल बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्य सफल रहला ।

कुम्भ – सानातिना काममैै समय व्यतीत हुने देखिन्छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुन सक्छ । बौद्धिक र सृजनात्मक कार्यमा सफलता मिल्नेछ । स्वास्थ्यमा गडबडी भइ दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ, सचेत रही कारोबार गर्नुहोला । दायित्व वृद्धि हुनेछ ।

मीन – परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी वृद्धि हुनेछ भने पारिवारिक सुख मिल्नुका साथै अध्ययन– अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । शुभचिन्तकहरूले तपाईंका कमजोरीप्रति गुनासो गर्न सक्छन् । तथापि, वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ ।