राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता

राष्ट्रियसभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी दर्ता


राष्ट्रियसभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता भएको छ । नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका हुन् ।

दाहाललाई नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीसमेतको साथ छ । दाहाल प्रधानमन्त्री प्रचण्डका भाइ हुन् ।

दाहालको प्रस्तावकमा माओवादीका गोपी सार्की अछामी छन् भने समर्थकमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

यस्तै, शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसकै किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह छन् ।

मंगलबार (२९ फागुन) राष्ट्रिय सभा बैठकमा निर्वाचन हुने तालिका छ । नयाँ सत्ता गठबन्धनको राष्ट्रिय सभामा प्रष्ट बहुमत भएकोले दाहाल वियजी बन्ने निश्चितप्रायः छ ।