विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह

विपिनको खोजी तथा रिहाइको प्रयास गरिदिन आग्रह


उपप्रधानमन्त्री श्रेष्ठसँग स्वीस राजदूत मेउलीको भेट

नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि इजरायली राजदूत हनान गोडेरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार मन्त्रालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको छ ।

सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले विद्रोही हमासको आक्रमणका क्रममा हालसम्म पनि अज्ञात रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी तथा रिहाइका लागि आवश्यक प्रयास गरिदिन आग्रह गर्नुभएको थियो ।

भेटमा राजदूत गोडेरले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको मन्त्रालयले जनाएको छ ।

यस्तै, उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डेनिएल मेउलीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषय र सहयोग विस्तार सम्बन्धमा छलफल भएको हो ।

भेटमा राजदूत गोडेरले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको मन्त्रालयले जनाएको छ ।

photo: rss