आजको पञ्चाङ्ग एवम् राशिफल (३० फागुन २०८० बुधबार, १३ मार्च २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० फागुन २०८० बुधबार, १३ मार्च २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं.११४४ शिशिर ऋतु उत्तरायण वि.सं. २०८० फाल्गुण ३० गते तदनुसार ई. सन् २०२४ मार्च १३ तारिख बुधबार फाल्गुन शुक्ल पक्षको तृतीया तिथि ८ः३३ पर चतुर्थी तिथि अश्विनी नक्षत्र ब्रह्मा योग ५ः११ पर ऐन्द्र योग वणि करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौं सूर्योदय बिहान मा ६ः१८ मा भयो र सूर्यास्त साँझ १८ः११ बजे हुनेछ ।

आजको राशीफल

मेष – आकस्मिक धनलाभ हुने एवम् साथीहरूसित मनोरञ्जनको अवसर जुर्ने समय छ । विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । केही खर्च भए पनि दानपुण्य र भेटघाटमा खर्च हुनाले गर्दा मन तृप्त हुनुका साथै मानसिक सन्तुष्टि मिल्ने योग छ । सन्तान पक्षबाट सन्तोष प्राप्त हुनेछ । परिवारको सहयोग मिल्नेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

वृष – अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । गरेका कामबाट राम्रै लाभ हुने र श्रमको उचित मूल्याङ्कन हुने समय छ । आर्थिक पक्ष सबल रहला । उद्योग, व्यवसायमा लगानी गर्दा राम्रै हुने देखिन्छ । तथापि, आज नचिताएको काममा पैसा खर्च हुने योग छ, सावधान रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । सन्तानसुख मिल्नेछ ।

मिथुन – सोचेका काम सजिलैसंग पूरा गर्न सकिने दिन छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ भने जग्गाजमिनको कारोबार गर्दा लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति नै होला । कामको यात्रासमेत हुन सक्छ । धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला । आयबल र सुख वृद्धि हुनेछ । आरोग्यता रहने छ । रसरागमा आकर्षित हुनुहुनेछ ।

कर्कट – अधुरा कामहरु पुरा हुनेछन् भने समस्याको हल हुने समय छ । पारिवारिक जीवन सामान्य रहने छ । लेखन, अध्ययन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । नयाँ आरम्भ गरेको कार्य भने सहजै नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्ने योग छ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । रसरागको भाव वृद्धि हुनेछ ।

सिंह – दौडधुप बढ्नेछ । साथीभाइसित अप्रत्यासित भेटघाट हुने र व्यवसायिक कर्मबाट आकस्मिक लाभ मिल्ने समय छ । कुनै लाभदायक समाचार सुन्न पाइएला । आजको दिन खर्च पनि केही बढ्ने देखिन्छ । सरसापटको पैसा फिर्ता हुन मुस्किल पर्ला । स्वास्थ्यमा समस्या आउने योग छ, विशेष सजग रहनुहोला । प्रतिकुलतामा पनि सामर्थ्य बढ्नेछ । समस्याको समाधान मिल्ला ।

कन्या – लामो समयदेखि रोकिएका काम बन्दै जाने समय छ । मेहनतले पुरस्कार तथा विभिन्न उपहार दिलाउन सक्छ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । सवारी साधनबाट सुखसुविधा मिल्ला । साथीभाइका साथ रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । कतै अतिथिका रूपमा सम्मानसमेत प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्ला ।

तुला – मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ भने नोकरीमा प्रशंसनीय कार्य गर्न सकिने समय छ । आज नसोचेको ठाउँबाट धन आर्जको योग छ । साथीभाइले राम्रो साथ दिनेछन् भने मातापिताको आशीर्वाद प्राप्त होला । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने सम्भावना छ । प्रतिष्ठा बढ्नेछ । मिठो भोजन मिल्नेछ । बोलीको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – आजको धेरैजसो समय सानातिना घरेलु काममै अल्झनुपर्ला । चिताएको काममा बाधा हुँदा मन खिन्न हुन सक्छ । कामको बोझले थाकेको महसुस होला । कसैसँग सामान्य विवादको योग पनि छ, सचेत रहनुहोला । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । घर–गृहस्थीमा समस्या आउन सक्छ, विवेकपूर्ण व्यवहारको प्रयत्नले समस्याको समाधान दिलाउनेछ ।

धनु – दिन मिश्रित फलदायी रहला । सन्तानपक्षबाट सन्तोष मिल्नेछ भने धार्मिक स्थल आदिको भ्रमण हुन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्ने योग छ । कार्यप्रक्रिया नमिल्नाले काम दोहोऱ्याउनुपर्ने स्थिति आउन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनु नै हितकर होला । मित्रजनको सहयोग-समर्थन प्राप्त हुनेछ ।

मकर – आज नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्ने देखिन्छ । सभा-सम्मेलनमा सहभागी हुने अवसर मिल्ला । स्वास्थ्यगत समस्या देखिने सम्भावना छ । लेनदेनको विवादले पनि अप्ठ्यारो पार्न सक्छ, विवेकपूर्ण व्यवहारको प्रयत्न गर्नुहोला । रसराग तथा प्रेममा सफलता मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

कुम्भ – समय शुभदायी छ । सुखद समाचार सुन्न पाइएला । विविध लाभ पनि हुने देखिन्छ । विभिन्न उपहार प्राप्त हुने र सहयोगीहरूले राम्रो साथ दिने योग छ । रोकिएका काम बन्नेछन् भने नयाँ काम सुरु गर्न सकिनेछ । आजकोृ अधिकांश समय धार्मिक तथा सामाजिक काममा बित्ने देखिन्छ । नयाँ सम्भावना देखापर्नेछ । बोली र व्यक्तित्वको प्रभाव बढ्ला ।

मीन – प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्ने समय छ, सचेतनाको आवश्यकता छ । नियमित कामलाई निरन्तरता दिन सकिनेछ तर नयाँ काममा हात हाल्न केही समय पर्खंनु हितकर होला । शरीरमा आलस्यताले राज गर्ला । पढाइलेखाइमा खासै मन जाने देखिँदैन । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सतर्कता अपनाउनु उचित हुनेछ । धनमाल हराउने या क्षतिपुग्ने सम्भावना छ, ध्यान राख्नुहोला । पराक्रम वृद्धि र रसरागमा आकर्षण बढ्नेछ ।