प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन केपी ओलीको निर्देशन

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन केपी ओलीको निर्देशन


नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको बैठकमा विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।

सो पार्टीको संसदीय दलको बैठकलाई मंगलबार सम्बोधन गर्दै अध्यक्ष ओलीले पुरानो गठबन्धनले देश बर्बाद बनाएकाले सत्तामा जाने हतारो नभइ देशको आवश्यकताका आधारमा नयाँ गठबन्धन बनाएको र यसले एक प्रकारको आशा बढाएको जिकिर गरे ।

आफूहरूकै पहलकदमीमा नयाँ गठबन्धन बनेको प्रष्टिकरण दिँदै यसमा कुनै विदेशी वा छिमेकी मुलुकलाई नजोड्न उनले आग्रह गरे । पूर्व प्रधानमन्त्री ओलीले वामपन्थी पार्टीहरूको अगुवाइमा बनेको नयाँ गठबन्धन टिकाउनु आफूहरूको दायित्व भएकोमा जोड दिए ।

यही फागुन २१ गते नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीले नयाँ गठबन्धनको सहमति गरेका थिए । उक्त सहमतिको शृङ्खलामा अहिले नेकपा (एकीकृत समाजवादी) पनि जोडिएको छ ।

एमालेसँगको नयाँ गठबन्धनमा बाँधिएका प्रधानमन्त्री प्रचण्डले आज (फागुन ३०) संसदबाट विश्वासको मत लिँदैछन् ।