तीन प्रदेशका प्रदेशप्रमुख पदमुक्त

तीन प्रदेशका प्रदेशप्रमुख पदमुक्त


राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन २८ गतेको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम मधेस प्रदेशका प्रदेशप्रमुख हरिशङ्कर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।