पशुपतिनजिक जंगलमा झुण्डिएको अवस्थामा किशोरीको शव

पशुपतिनजिक जंगलमा झुण्डिएको अवस्थामा किशोरीको शव


काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव शनिबार बिहान भेटिएको गौशाला प्रहरी वृत्तले जनाएको छ ।

मर्निङवाक गर्न जानेहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।

प्रारम्भिक अनुसन्धानमा आत्महत्या गरेको हुनसक्ने देखिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बताइएअनुसार सिन्धुली घर भएकी सुस्मिता बालुवाखानी कपनमा बस्ने गर्थिन् भने केही दिनदेखि उनी हराइरहेकी थिइन् । आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमार्फत अपिल गरेका थिए ।