हतियारसहित अदालत प्रवेश गर्न खोज्दा दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ

हतियारसहित अदालत प्रवेश गर्न खोज्दा दुर्गा प्रसाईंका सुरक्षा गार्ड पक्राउ


विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईका सुरक्षा गार्ड सर्वोच्च अदालतमा हतियार लिएर प्रवेश गर्न खोज्दा पक्राउ परेका छन् ।

सोमबार सर्वोच्च अदालतभित्र झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्काले एक थान बन्दुकसहित सर्वाेच्च प्रवेश गर्न खोजेका थिए । खड्का पक्राउ परेको प्रहरी प्रवक्ता डिआइजी भीम ढकालले बताए ।

अदालतमा मेडिकल व्यवसायी प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको समयमा खड्का पक्राउ परेका हुन् ।