निसीखोलामा बस दुर्घटना, सातको मृत्यु बीस जना घाइते

निसीखोलामा बस दुर्घटना, सातको मृत्यु बीस जना घाइते


बागलुङको निसीखोला गाउँपालिका-६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

रुकुम पूर्वबाट काठमाडौं का लागि प्रस्थान गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो ।

बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिएका छन् । बेलुकी भइसकेकाले उद्धारको काममा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।