निसीखोला बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या आठ पुग्यो, घाइतेमध्ये अधिकांशको अवस्था ‘क्रिटिकल’

निसीखोला बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या आठ पुग्यो, घाइतेमध्ये अधिकांशको अवस्था ‘क्रिटिकल’


बागलुङको निसीखोलामा सोमबार साँझ भएको बस दुर्घटनामा मृतकको सङ्ख्या आठ पुगेको छ । दुर्घटनाका घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकका अनुसार दुर्घटनामा मृत्यु भएका सातजनाको शव सङ्कलन भइरहेको छ । मृतकमध्ये चारजना पुरुष र चार महिला रहेको बताइएको छ । मृतकको सनाखत हुन नसकेको उनको भनाइ छ ।

रुकुम पूर्वबाट काठमाडौंका जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।

घाइतेमध्ये २३ जनाको अवस्था गम्भीर रहेको जनाउँदै दुईजनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक विकले जानकारी दिए । बस सडकबाट करिब तीन सय मिटर तल खसेको छ ।

प्रहरी निरीक्षक विकले भनेका छन्, ‘घाइते र मृत्यु भएकामध्ये कसैको पनि पहिचान हुन सकेको छैन, घाइतेकोे उद्धार गरेर अस्पताल पठाइएका छौँ, अहिले हामीहरु घटनास्थलमै छौँ, शव सङ्कलन गर्ने क्रममा छौँ, घाइतेमध्ये अधिकांशको अवस्था ‘क्रिटिकल’ छ ।’

तस्बिर : रासस