५५ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह

५५ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह


नेपाली सेनामा नियुक्त भएका ५५ जना सैनिक अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवाअन्तर्गत स्वास्थ्य समूहमा रिक्त रहेका अधिकृत पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी २ जना र प्राविधिक उप सेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना नव नियुक्त अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।

आयुक्त पद प्रदान कार्यक्रममा प्रधान सेनापतिसँगै बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोषकुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

नेपाली सेनाका रथी, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको कार्यक्रममा प्रधान सेनापतिले नव नियुक्त अधिकृतहरूलाई बधाई दिँदै सैनिक जीवनमा सफलताको लागि शुभकामना व्यक्त गरे ।