तपाईंको लोकप्रियता

तपाईंको लोकप्रियता


✍ उज्ज्वल सिंह

आफ्नो लोकप्रियता सबैलाई राम्रो लाग्ने
लोकप्रियताको लागि मानिसहरू हदै गर्ने ?

निराशावादीहरूको आश तपाईंको लोकप्रियता
तमासावादीहरुको साथ तपाईंको लोकप्रियता

अतिवादीहरूको हात तपाईंको लोकप्रियता
धेरै हुनेलाई मात तपाईंको लोकप्रियता

यहाँ इमान्दारिता भन्दा लोकप्रियता नै बिक्ने
मानवता सिक्नुअघि नै लोकप्रिय हुन सिक्ने

निश्चल भावना भन्दा लोकप्रियताले नै टिक्ने
के समाजमा मानिसहरू लोकप्रिय हुन सिक्ने ?

  • नयाँसडक, काठमाडौं