पाँचथर एमाले अध्यक्षमा सापकोटा, सचिवमा लावती

पाँचथर एमाले अध्यक्षमा सापकोटा, सचिवमा लावती


नेकपा एमाले पाँचथरको नवौँ जिल्ला अधिवशेनले अध्यक्ष र सचिव निर्विरोध निर्वाचित गरेको छ । अध्यक्षमा पूर्व सचिव विमलप्रसाद सापकोटा र सचिवमा पूर्व उपसचिव पृथ्वी लावती निर्विरोध निर्वाचित भए । अन्य पदमा भने निर्वाचनबाट नेतृृत्व चयन भएको छ । उपाध्यक्ष, उप-सचिव (खुला र महिला) र खुल्ला सदस्य पदमा निर्वाचन भएको हो ।

अधिवेशनले उपाध्यक्षमा बीरबहादुर कुरुम्बाङ, उपसचिव खुलातर्फ तुलसी थापा क्षितिज र उपसचिव महिलातर्फ कौशिला आङ्देम्बे निर्वाचित भए ।

खुल्ला सदस्य पाँच जनामा नवराज घिमिर लोकप्रिय २ सय ४७, विनोद आङ्देम्ब २ सय ४०, खगेन्द्रप्रसाद बाँस्कोटा १ सय ९६, राजु थाम्सुहाङ १ सय ८० मत र कृष्ण ओझा १ सय ७९ मत प्राप्त गरी बिजयी भएका छन् । घिमिरे उद्योग वाणिज्य संघका अध्यक्ष हुन् भने ओझा सक्रिय पत्रकार ।

अधिवेशनमा जिल्लाका ८ स्थानीय तह भित्रका ६० वडा र जनवर्गीय संगठन सहित ४ सय १ प्रतिनिधि सहभागी थिए । पाँच पदाधिकारीसहित ७५ जनाको जिल्ला कमिटी चयन गरिएको छ । यस्तै अधिवेशनले देबी अधिकारीको संयोजकत्वमा ७ सदस्यिय लेखा समिति निर्विरोध निर्वाचित गरेको छ ।