माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु


जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । छेडागाड नगरपालिका-३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्रबहादुर थापाले जानकारी दिएका छन् ।

मङ्गलबार दिउँसो घर लिप्न माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा घाइते भएकी अधिकारीको आज (२२ चैत) बिहान मृत्यु भएको उपप्रमुख थापाको भनाइ छ ।

symbolic image