जापानको राजधानी टोकियो नजिकैको चिबा प्रान्तमा ११२ वर्षीय एक वृद्धको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सन् १९११ को नोभेम्बर ६ मा जन्मिएका गिसाबुरो सोनोबे सन् २०२२ मा १११ वर्षमा देशकै सबैभन्दा वृद्ध व्यक्ति घोषित हुनुभएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै जापानको राष्ट्रिय समाचार संस्था क्योदोले जनाएको छ ।
सोनोबे बस्ने तातेयामाको नगरपालिका सरकारले उहाँको परिवारको अनुरोधमा उनको मृत्युको मिति र कारण खुलाएको छैन ।
बुधबार गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले विश्वका सबैभन्दा वृद्ध व्यक्ति जुआन भिसेन्ट पेरेजको ११४ वर्षको उमेरमा भेनेजुएलामा निधन भएको जनाएको थियो । सोनोबे विश्वकै वृद्ध व्यक्तिका रूपमा अर्को उपाधि धारक हुने अपेक्षा गरिएको थियो ।
प्रतिक्रिया