आजको पञ्चाङ्ग एवम् राशिफल (२५ चैत २०८० आइतबार, ७ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ चैत २०८० आइतबार, ७ अप्रिल २०२४)


✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत २५ गते तद्अनुसार सन् २०२४ अप्रिल ७ तारिख आइतबार चैत्र कृष्ण पक्षको चतुर्दशी तिथि पूर्वाभाद्रपद नक्षत्र ब्रह्मा योग भद्रा करण आनन्दादिमा चर योग चन्द्रमा कुम्भ राशिमा ६ः१७ पर मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा भयो र सूर्यास्त साँझ १८ः२४ मा हुनेछ । पिशाच चतुर्दशी, भद्रकाली पीठमा लिङ्गो उठाउने ।

आजको राशिफल

मेष – आजको दिन शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय अनुकूल रहनेछ । वैदेशिक कार्यहरू सुचारु भएर जानेछ भने उद्योग तथा व्यापारमा विशेष फाइदाको योग छ । शैक्षिक उन्नतिका अवसरहरू मिल्नेछन् । विवाहितजनको दाम्पत्य जीवन सुखमय रहला । सवल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु उचित हुनेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । अनुकूलता वृद्धि हुनेछ ।

वृष – विगतको श्रमबाट राम्रै धनलाभ हुने समय छ । उद्योग-व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु तथा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । कर्मको उचित प्रतिफल पाइनेमा शङ्का रहन्न । आज चरित्रसम्वन्धी आरोप आउन सक्ने योग भएकोले विपरीतलिङ्गीहरुबाट टाढा रहनु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – दिन खासै उत्साहजनक नरहला । माता, पिता र सन्तानपक्षसँग मतभेद बढ्नसक्छ । अध्ययन तथा अध्यापन कार्यमा पनि अवरोध आउने योग छ । आजको कुनै निर्णय खराब हुनसक्छ, निर्णय गर्दा अलिक ध्यान दिनु उचित हुनेछ । लेनदेनमा विवाद हुन सक्ने हुँदा सकभर कारोबार नगरेकै राम्रो । विगतको श्रमबाट भने लाभ हुने देखिन्छ ।

कर्कट – सहयोगीहरूले राम्रो साथ दिने र रोकिएका काम बन्ने तथा नयाँ काम सुरु गर्ने समय छ । राम्रै फाइदाको योग देखिन्छ । तर, नगद सहयोग एवम् लेनदेनको कार्य आज नगर्नु उचित हुनेछ । बलभन्दा बुद्धिको काममा जोड दिनुहोला । खर्चका बाध्यता आइपर्ने छन्, ध्यान राख्नुहोला । उपहार प्राप्ति हुने दिन छ । दोडधुप र जोखिम भने केही बढ्ला । रसरागमा आकर्षण रहनेछ ।

सिंह – आजको दिन विश्वासीजनबाटै विश्वासघात हुनसक्ने भएकोले गोपनीयतामा एकदमै सावधान रहनुहोला । धार्मिक कार्यमा मन नजाने देखिन्छ । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने कार्यसहजता वा अनुकुलता वृद्धि होला । दाम्पत्य सम्बन्ध सुमधुर हुनुको साथै पति-पत्नी छुटेर बसेको भए पनि मिलनको अवस्था सिर्जना हुने योग छ । पारिवारिक सुखशांति बढ्नेछ ।

कन्या – प्रेमभाव वृद्धि र सुख बढ्नेछ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर हुने दिन छ । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त हुनेछ । तथापि, विशेष कुनै योजनासम्बन्धी कार्य भने समयमा सम्पादन गर्न नसकिएला । निर्णायक क्षमतामा कमी आउनेछ । आत्मीय जनसँग असमझदारी वा मनमोटाव बढ्ने देखिन्छ, सचेत रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । पराक्रम बढ्ला ।

तुला – आजको दिन स्वास्थ्यसम्बन्धी समस्या पैदा हुन सक्छ, खानपानमा एकदम सजक रहनुहोला । आमदानीका अवसरहरू प्राप्त हुनेछन् भने भुलेका मित्रहरुले पनि सम्झने समय छ । तर कसैसंग विवाद वा झगडा हुन सक्ने योग रहेकोले बोली र व्यवहारमा सजगता अपनाउनुहोला । विद्यार्थीहरुका लागि दिन राम्रो छ । अनुयायीहरुले प्रसन्नता दिलाउनेछन् । विशेष योजनामा गोपनियता राख्नु हितकर हुनेछ ।

वृश्चिक – व्यस्तता बढ्नेछ । आज घरेलु समस्याले सताउने, मित्र र आफन्तहरुले धोका दिने सम्भावना रहेकोले मन चिन्तित हुन सक्छ । तपाईंका कमजोरीमाथि टीकाटिप्पणी होला । बोलीको गलत अर्थ लाग्नाले वादविवादको योग छ । सहयोगीहरू टाढिन सक्छन् । तथापि, प्रेमको बन्धन कसिने बेला छ । रोकिएको काम मिहिनेतले बन्नेछ । मिठो भोजन प्राप्त होला । खर्च भने केही बढ्ने समय छ ।

धनु – व्यस्तता बढ्नेछ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । आजको दिन कतै मिष्ठान्न भोजनको अवसर प्राप्त हुन सक्छ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन हुने समय छ । तथापि, काम लगनशील बन्न नसक्ता आलोचनाको सिकार बन्ने सम्भावना छ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – पराक्रम बढ्नेछ । बोलीको प्रभाव बढ्ने समय छ । अरुलाई विश्वास दिलाउन सफल भइ विशेष कार्य अघि बढाउन सकिनेछ । वैदेशिक योजनाका कार्य तीव्र गतिमा अगाडि बढ्नेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । भेटघाटको अलमलले आजको योजना बिग्रन पनि सक्छ, सचेत रहनुहोला । सन्तानपक्षबाट प्रसन्नता मिल्नेछ ।

कुम्भ – आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ । निरर्थक यात्रा गर्नुपर्ने, लाभप्रद यात्रा कम हुने, प्रेममा खटपट भइरहने हुनसक्छ । प्रेम प्रसङ्गतर्फ संयमता राखी अध्ययनमा ध्यान दिनु उचित हुनेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ, सावधान रहनुहोला । विगतको श्रमबाट धन लाभ हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – अरुको विश्वास सजिलै जित्न सकिने समय छ । बौद्धिक कार्यमा तीब्रता आउनुको साथै जोश र जाँगर बढ्ने, पुराना समस्या सुल्झाउने अवसर मिल्नेछ । व्यापार तथा उद्योगतर्फ पनि आज फाइदाको योग छ । तथापि, स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । आर्थिक कारोबारमा पनि समस्या आउन सक्छ । धार्मिक कार्यमा खासै रुचि नहोला । काममा आफन्तको साथ भने मिल्नेछ ।