एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित

एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित


नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनले तीन सय ७७ मत प्राप्त गरेका छन् । पाण्डेयका प्रतिद्वन्द्वी टिना सुवेदीलाई तीन सय ४३ मत प्राप्त भएको प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँको भनाइ छ ।

यसैगरी, उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईं, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएको जनाइएको छ ।