लुसीको स्तन सर्वाधिक सुन्दर

लुसीको स्तन सर्वाधिक सुन्दर


विश्वमा प्रत्येक दिन रोचक प्रतिस्पर्धा हुन्छन् । गत साता बेलायतमा यस्तै एउटा रोचक प्रतिस्पर्धा अनलाइनले गरेको थियो । उक्त अनलाइनले यसपटक बेलायतका सुन्दरीहरूका बीच ‘सुन्दर वक्षस्थल’को प्रतिस्पर्धा गराएको थियो । उक्त प्रतिस्पर्धामा बेलायतकी ‘ग्ल्यामर गुडिया’को संज्ञा पाएकी मोडल लुसी पिन्टरले सबैभन्दा बढी मत पाएकी थिइन् । लुसीले आफ्ना प्रतिद्वन्द्वीभन्दा निकै बढी मत पाएपछि उनको वक्षस्थललाई सबैभन्दा सुन्दर वक्षस्थल घोषणा गरिएको थियो । लुसी सबैभन्दा सुन्दर वक्षस्थल राख्ने महिला घोषित भएपछि निकै प्रसन्न मुद्रामा यो आफ्नो सौभाग्य भएको बताएकी थिइन् । लुसीले आफ्नो वक्षस्थललाई सुन्दर ठानेर मत दिने प्रसंशकहरूलाई धन्यवादसमेत दिएकी थिइन् ।
विश्वमै निकै सुन्दरी युवतीको रूपमा परिचित लुसी पिन्टरलाई सुन्दर वक्षस्थलकी धनीको रूपमा घोषणा गरिएपछि अहिले उनको चर्चा विश्वमा अझ चुलिएको छ । लुसीसँगै चेरिल कोले, क्रिष्टि गाला, रिहान सुगडेन र एम्मा रिब्सको वक्षस्थललाई पनि आकर्षक र सुन्दर घोषित गरिएको थियो । तर, यो प्रतिस्पर्धामा लुसीको वक्षस्थललाई सेक्सी र सुन्दर घोषित गरिएको थियो । यो प्रतिस्पर्धामा लुसीपछि किली हाजेल र होली विगोग्बीले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेको थिए ।

धनी देशका गरिब राष्ट्रपति ओबामा
अमेरिकी राष्ट्रपति बाराक ओबामा सबैभन्दा गरिब राष्ट्रपति हुन् भन्दा सायद पत्यार नलाग्ला, तर सत्यता यही हो । हालै अटलान्टिक पत्रिकाद्वारा तयार पारिएको सूचीमा ओबामालाई विगत पाँच दशकका अमेरिकी राष्ट्रपतिहरूमा सबैभन्दा गरिब राष्ट्रपतिको रूपमा राखिएको छ । उक्त पत्रिकाले तयार पारेको सूचीमा ओबामाको कुल सम्पत्ति ५० लाख डलर रहेको अनुमान गरिएको छ । सन् १९४५ देखि ५३ सम्म अमेरिकाका राष्ट्रपति बनेका हैरी ट्रमेनको सम्पत्ति ओबामाको भन्दा कम थियो । ट्रमेनको सम्पत्ति १० लाख डलर रहेको पनि उक्त पत्रिकाले बताएको छ ।
-नविन उप्रेती