एमाले र माओवादी केन्द्रद्वारा कोशी प्रदेशमा समर्थन फिर्ता

एमाले र माओवादी केन्द्रद्वारा कोशी प्रदेशमा समर्थन फिर्ता


नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)ले सोमबार (२६ चैत) कोशी प्रदेशका प्रदेशप्रमुख पर्शुराम खापुङलाई प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित चार छुट्टाछुट्टै पत्र संयुक्तरुपमा बुझाएका छन् ।

प्रदेशप्रमुख खापुङलाई एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उक्त पत्रहरू बुझाएका हुन् ।

प्रदेशप्रमुख खापुङलाई एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आह्वान गर्न, वैकल्पिक सरकार गठन र समर्थन फिर्ताको गरी चार पत्र बुझाइएको छ ।

प्रदेशप्रमुख खापुङले पत्र बुझ्दै आवश्यक कानुन सरसल्लाहबाट चाँडै संसद्को विशेष अधिवेशन आह्वान गर्ने जनाएका छन् ।

photo: rss