आजको पञ्चाङ्ग एवम् राशिफल (२७ चैत २०८० मंगलबार, ९ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ चैत २०८० मंगलबार, ९ अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४५ नेपाल सं. ११४४ पिङ्गलनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८० चैत २७ गते तद्अनुसार सन् २०२४अप्रिल ९ तारिख मंगलबार चैत्र शुक्ल पक्षको प्रतिपदा तिथि रेवती नक्षत्र ८ः४० पर अश्विनी नक्षत्र वैधृति योग किंस्तुघ्न करण आनन्दादिमा शुभ योग चन्द्रमा मीन ८ः४० बजेसम्म त्यसपछि मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त साँझ १८ः२५ मा हुनेछ ।

आजको राशिफल

मेष – शुभता बढ्नेछ । मनोरञ्जनपूर्ण ढङ्गबाट बित्ने समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । सरल काम र घरेलु विषयमा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । अध्ययन–अध्यापनमा सुधार आउला । मिठो भोजन प्राप्त हुने योग छ । अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – दिन मिश्रित फलदायी हुने देखिन्छ । आर्थिक पक्ष सुदृढ बन्नेछ भने न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनुका साथै यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । सवल स्वास्थ्यको लागि खानपानमा नियन्त्रण गर्नु हितकर हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । रचनात्मक काममा सफलता प्राप्त होला । परिवारिक सुख बढ्नेछ ।

मिथुन – पारिवारिक सहयोग प्राप्त हुने समय छ । दुर्गमस्थान तथा लामै यात्रा हुने सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु हितकर होला । मनोरञ्जनपूर्ण समय रहेपनि कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । शत्रुमाथि भने विजय प्राप्त हुनेछ । समस्याको समाधान हुनेछ । शत्रुमाथि विजय प्राप्त हुने योग छ ।

कर्कट – आजको दिन दैनन्दिन व्यवहारमा केही प्रतिकुलता देखिन सक्छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग भएकोले व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर हुनेछ । तथापि, आज नचिताएको स्थानबाट धनागमन हुने सम्भावना छ । परिणाममुखी काममा लगानीको समय छ । कर्मबल वृद्धि होला । विशेष मित्रजनको सहयोग प्राप्त हुनेछ । रसराग, भ्रमणादिमा आकर्षण रहनेछ ।

सिंह – पारिवारिक वातावरण तपाईंको अनुकूल नभएपनि शरीरमा उत्साह र उमङ्ग प्राप्त हुने समय छ । स्वास्थ्य सबल रहला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । व्यवसायिक व्यक्तिको आम्दानी बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख बढ्नेछ ।

कन्या – बौद्धिक प्रतिस्पर्धामा विजयी भइने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रै लाभ मिल्ला । पढाइलेखाइमा प्रगति हुनेछ । धैर्यले काम लिन सके महत्वपूर्ण योजना सफलीभूत होला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । खर्च भने केही वृद्धि हुनसक्छ ।

तुला – ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । आर्थिक लाभ मिल्ने योग छ । कृषिकर्ममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । आरोग्यबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – आजको दिन मिश्रित परिणाम दिने खालको छ । रोकिएका काम सम्पादन हुनेछन् । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । कसैसँग सामान्य विवाद वा झगडा पर्नसक्ने योग रहेकोले सावधानीको आवश्यकता छ । सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यता रहनेछ ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो होला । अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । शत्रुहरूको चलखेल बढे पनि जित तपाईंकै हुनेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने देखिन्छ । आर्थिक पक्ष सबल नै छ, बन्दव्यापारबाट फाइदा हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – पराक्रम वृद्धि हुनेछ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्नेछन् । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ ।

मीन – नयाँ काम र जिम्मेवारी हातपर्ने समय छ । पढाइमा पनि राम्रै प्रगति होला । आर्थिक पक्ष सबल छ । स्वास्थ्यमा भने केही समस्या देखापर्न सक्छ, ध्यान राख्नुहोला । मान महत्व वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । सुख विलासको भाव पैदा हुनेछ ।