आजको पञ्चाङ्ग एवम् राशिफल (४ वैशाख २०८१ मंगलबार, १६ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (४ वैशाख २०८१ मंगलबार, १६ अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख ४ गते तद्अनुसार सन् २०२४ अप्रिल १६ तारिख मंगलबार चैत्र शुक्ल शुक्षको अष्टमी तिथि पुनर्वसु नक्षत्र ६ः३८ पर तिष्य नक्षत्र धृति योग बालब करण आनन्दादिमा स्थिर योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४० मा भयो र सूर्यास्त साँझ १८ः२९ मा हुनेछ । भौमाष्टमीव्रत, चैत्राष्टमी, गोरखकाली पूजा, भवानीको उत्पति, श्रीश्वेतमत्स्येन्द्रनाथ रथयात्रा, अशोकको पालुवा खाने ।

आजको राशिफल

मेष – अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ भने विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ । भौतिक साधन जुट्नेछन् । उत्साहजनक समाचारले मन प्रशन्न रहला । सन्तान पक्षको माध्यमबाट पनि काम बन्ने सम्भावना छ । गरिएका कामको राम्रै मूल्यांकन होला । तथापि, आजको दिन आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ, सावधान रहनुहोला । समग्रमा समय मनोरञ्जनात्मक नै रहनेछ ।

वृष – शुभ समाचार प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । व्यापारमा राम्रै फाइदा हुनेछ । रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला । तथापि, सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिने योग पनि छ । आर्जित धन खर्च हुन सक्छ । सावधान रहनुहोला ।

मिथुन – पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ । परिस्थिति अनुसार चल्ने प्रयत्न गर्नु हितकर हुनेछ । काम बिग्रने डरले सताइरहला । कृषि व्यवसायमा हुनुहुन्छ भने त्यसबाट सोचेको लाभ नउठ्न सक्छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्ने हुँद विशेष ख्याल राख्नुहोला । यी सबका बाबजुद विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिने योग छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।

कर्कट – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ चने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त होला । खेलकुद तथा रसरागमा आकर्षण रहनेछ ।

सिंह – नयाँ कामको प्रस्ताव आउने समय छ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जन हुने योग छ । बिछोडिएका परिवारजनसँग भेटघाट होला । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ । यात्रागत कार्य सफल हुनेछ । निकटतम् मित्रको विशेष साथ प्राप्त होला । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति वृद्धि हुनेछ ।

कन्या – शुभता र आयबल वृद्धि हुनेछ । कार्यगति बढ्नेछ । यात्रामा सफलता प्राप्त होला । विभिन्न सहयोग र उपहार प्राप्त हुने समय छ । आयआर्जन पनि राम्रै हुनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनु हितकर होला । कुनै पनि समस्याको समाधान मिल्नेछ ।

तुला – कर्मबल वृद्धि हुने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्ला । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।

वृश्चिक – अनावश्यक दौडधुप वृद्धि हुनसक्ने दिन छ । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । आर्थिक कारोबारमा विशेष सजगता अपनाउनुहोला । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, सावधानीका साथ व्यवहार गर्नु हितकर हुनेछ । मिहिनेतले रोकिएको काम बन्नेछ ।

धनु – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले सम्मान दिलाउनेछ । प्रेम र मित्रताको गाँठो कसिएला । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन । हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्, ख्याल राख्नुहोला । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – बोलीको प्रभावले फाइदा उठाउन सकिने समय छ । काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ । विशिष्टजनको सहयोग जुट्नेछ । व्यवसायमूलक काममा पनि राम्रै फाइदा होला । आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेमभाव बढ्नेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ – पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइने देखिन्छ । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्ने योग रहेकोले सन्तुलित व्यवहार गर्ने प्रयत्न गर्नुहोला । अध्ययन तथा अध्यापनमा पछि परिने समय छ । प्रतिस्पर्धीहरूबाट सजग रहने विशेष प्रयत्न गर्नुहोला ।

मीन – समय शुभदायी छ । व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । अधिकारका लागि केही संघर्ष हुन सक्छ र, प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि परिणाम तपाईंकै पक्षमा रहनेछ । अरूको हातमा गइसकेको अवसर जोगाउन सकिनेछ । प्रशंसकहरू बढ्नेछन् । बोलीको भरमा काम सम्पादन हुने योग छ । आरोग्य रहनेछ भने सुख विलास पनि बढ्नेछ ।