आजको पञ्चाङ्ग एवम् राशिफल (७ वैशाख २०८१ शुक्रबार, १९ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ वैशाख २०८१ शुक्रबार, १९ अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख ७ गते तद्अनुसार सन् २०२४ अप्रिल १९ तारिख शुक्रबार चैत्र शुक्ल एकादशी तिथि मघा नक्षत्र वृद्धि योग वणि करण आनन्दादिमा काण योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३० मा हुनेछ । कामदा एकादशी व्रत ।

आजको राशिफल

मेष – आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । काममा हैरानी बढ्न सक्छ भने ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुविधा रहन सक्ने दिन छ । तथापि, सामाजिक काममा नाम रहने छ । जागिरमा भने सजक रहनुहोला । स्वास्थ्यले साथ दिनेछ । प्रेमभाव बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ ।

वृष – प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ । चल-अचल सम्पत्तिको कारोबार होला । वैवाहिक जीवन सुखी हुने समय छ । घरमा पाहुनाको आगमन हुनसक्छ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्नेछ । आफन्तजनले साथ दिनेछन् ।

मिथुन – नसोचेको काम बन्ने एवम् प्रियजनसँग भेटघाट हुने समय छ । दैनिक काम सन्तोषजनकरूपले सम्पन्न हुनेछन् भने व्यापारबाट पनि राम्रै आम्दानी हुनसक्छ । विदेशबाट धन प्राप्त हुने योग छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित होला । मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ । पराक्रम वृद्धि भइ शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – आज समय सोचेजस्तो अनुकुल नरहन सक्छ । खर्च र विबाद बढने तथा शत्रुपक्षले सताउन सक्छ । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुन सक्छ, सजक रहनुहोला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर होला । अनावश्यक झमेलाबाट बच्ने प्रयास गर्नु हितकर हुनेछ । मित्रजनले साथ-सहयोग दिनेछन् । रसरागमा आकर्षण बढ्ने योग छ ।

सिंह – प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलैसँग बित्ला । प्रतिभा प्रदर्शन गरेर अरुलाई प्रभावित गर्न सकिनेछ । ठुला ब्यक्तिसँग भेटघाट होला । काममा अवरोध पैदा भएछ भने पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अनौठो खबर सुन्न पाइने योग छ । आरोग्यता रहला । रसरागको भाव वृद्धि हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक कामले सार्थकता पाउनेछ ।

कन्या – कामको सफलताले थप काम गर्ने हौसला मिल्ने समय छ । पुराना कामहरु सम्पन्न हुनुका साथै आयआर्जन हुने योग छ । धनलाभका साथै नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको सम्भावना छ । मन हर्षित रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला – आजको दिन मिश्रित फलदायी रहला । धन आर्जनको समय छ । कृषिको कामबाट विशेष लाभ होला । कुनै नयाँ कामको योजना छ भने आज नथाल्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको हुनसक्छ । रमाइलो यात्राको पनि योग रहेको छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

वृश्चिक – सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यर्थको खर्च बढ्ने सम्भावना रहेकोले एकदम सावधानी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यमा पनि गडबडीकोे सम्भावना रहेकोले खानपानमा विशेष सजग रहनुहोला । धननाश हुन सक्ने र दाम्पत्य तथा प्रेम सम्बन्धमा पनि धोका हुने देखिन्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मन केही दुविधाग्रस्त रहन सक्छ । केहि दुविधा पनि रहला । सवल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । सोचेको काम समयमै सम्पन्न नभएपनि कुनै क्षति नै पुग्ने भने देखिन्न । नवीन अवसर प्राप्त हुने योग छ, समय चिनेर व्यवहार गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – जोखिम वृद्धि र संघर्ष बढ्ने समय छ । तथापि, धन आर्जनका नयाँ उपाय खुल्न सक्छ । परिवारजनका इच्छा पूरा गर्न सकिएला । पढाइमा सफलता पाउने तथा धर्मकर्ममा रुचि बढ्ला । मान्यजनसँगको भेटघाटले मनमा हर्ष छाउने देखिन्छ । नियमित कार्यमा अलिक बढी परिश्रम पर्ला । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कामहरू सजिलैसँग बन्ने दिन छ । अध्ययन तथा अध्यापनमा मन जाला । रसरागको भाव वृद्धि हुनेछ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने देखिन्छ । काममा थप जाँगर थपिने देखिन्छ । धनलाभको योग छ । पारिवारिक सुख मिल्नुका साथै ब्यापारमा पनि फाइदा नै होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन – आजको दिन घरपरिवारमा केही मनमुटाव हुन सक्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलताप्राप्तिमा शङ्का छ । ब्यर्थै समयको नाश हुन सक्छ । मनमा उदासिनता बढ्न सक्छ । काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुन सक्छन् । विश्वास गरेको व्यक्तिले धोका दिन सक्ने हुँदा धैर्य राख्नु हितकर हुनेछ । कतै वादविवादको सामना गर्नुपर्ने योग रहेकोले बोली र व्यवहारमा सजगता अपनाउनु हितकर हुनेछ । साहस बढ्नेछ र आफन्तको साथ मिल्नेछ ।