आजको पञ्चाङ्ग एवम् राशिफल (१० वैशाख २०८१ सोमबार, २२ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० वैशाख २०८१ सोमबार, २२ अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४६ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख १० गते तद्अनुसार सन् २०२४ अप्रिल २२ सोमबार चैत्र शुक्ल पक्षको चतुर्दशी तिथि हस्ता नक्षत्र हर्षण योग गर करण आनन्दादिमा वज्र योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३४ मा भयो र सूर्यास्त साँझ १८ः३२ मा हुनेछ । अन्तर्राष्ट्रिय पृथ्वी दिवस ।

आजको राशिफल

मेष – बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ने दिन छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । आगो तथा हातहतियारबाट आज विशेष सावधान रहनु हितकर होला । कुरा काट्नेहरु सक्रिय हुन सक्छन् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, सावधान रहनुहोला । आर्थिक संकटको योग भएकोले खर्च कटौतीको प्रयास गर्नु उचित हुनेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

वृष – अध्ययन-अध्यापन एवम् ब्यापारमा प्रगति हुने दिन रहेको छ । गरेको कामको कदर भइ प्रतिष्ठा बढ्नेछ, तर जागिरमा आज केही झमेलाको सामना गर्नुपर्ने योग रहेकोले सावधान रहनुहोला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला क्षेत्रमा रुचि रहनेछ । सन्तानसुख बढ्नेछ । मिठो भोजन प्राप्ति र आफन्तको साथ मिल्नेछ ।

मिथुन – व्यस्तता वृद्धि हुने तथा भ्रमणसम्बन्धी कार्य बढ्ने समय छ । प्राविधिक काममा सफलता प्राप्त होला । आत्मविश्वास जाग्नेछ भने अल्झेको काम बन्नाले मनमा उल्लास छाउनेछ । पढाइलेखाइमा भने आज खासै प्रगति नहोला । आफन्तजनसँग भेटघाट हुने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – मित्रजनको सहयोग प्राप्त हुने समय छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ पुग्नेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरु निस्क्रिय होलान् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । शत्रुमाथि विजय प्राप्त हुनेछ भने रसरागको भाव वृद्धि होला ।

सिंह – आजको दिन केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्ने योग छ । मनमा पीडाले डेरा जमाइ शरिर अस्वस्थ भएको अनुभूति हुन सक्छ । चोटपटकको भय पनि छ, सचेत रहनुहोला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – पढाइलेखाइमा प्रगति हुने समय छ । महत्वपूर्ण काम बन्नेछन् भने लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान् । परिवारसँग आत्मीयता बढ्नेछ भने प्रेम प्रस्ताव प्राप्त हुने योग रहेको छ । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आर्थिक क्षेत्रमा राम्रै लाभ हुनसक्ने समय छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल रहला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ भने ब्यापार, कृषि, तथा वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । आम्दानी बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ ।

वृश्चिक – रमाइलो भेटघाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढ्ने समय छ । व्यापार-व्यवसायमा पनि सुधार आउला । यात्रागत कार्यमा लाभ मिल्नेछ । सन्तान पक्षबाट सुखको अनुभूति होला । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला । शुभता बढेर रोकिएको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – उत्साहवर्द्धक समय छ । स्वास्थ्य स्थितिमा अनुकूलता आइ काम गर्न जाँगर चल्नेछ । खर्च भने केही बढ्न सक्छ, आर्थिक व्यवहारमा अंकुश लगाउने प्रयास गर्नु हितकर होला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

मकर – पढाइलेखाइमा सफलता पाउने, आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सुखद परिणाम मिल्ने समय छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । खर्च भने केही बढ्ने र स्वास्थ्य सामान्य कमजोर रहने योग छ । कुरा काटनेहरु सक्रिय रहनेछन्, सावधान रहनुहोला । धार्मिक तथा सामाजिक र्कामा आकर्षण बढ्नेछ ।

कुम्भ – दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । काम र व्यापारमा पनि लाभ होला । खर्च भन्दा कमाइ नै बढी हुने योग छ । आम्दानीमा कमी आउने छैन तर निरर्थक तथा प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, सचेत रहनुहोला । छरछिमेकबाट सरसहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य बन्नेछ ।

मीन – नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने समय छ । काममा मन जानाले चिताएको कार्य सहजै बन्ला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । सुखद खबर सुन्न्न पाइएला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । प्रेमभाव वृद्धि तथा रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।