आजको पञ्चाङ्ग एवम् राशिफल (११ वैशाख २०८१ मंगलबार, २३ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (११ वैशाख २०८१ मंगलबार, २३ अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख ११ गते तद्अनुसार सन् २०२४ अप्रिल २३ तारिख मंगलबार चैत्र शुक्ल पक्षको पूर्णिमा तिथि चित्रा नक्षत्र वज्र योग भद्रा करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा कन्या राशिमा ९ः१९ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३३ मा भयो र सूर्यास्त साँझ १८ः३३ मा हुनेछ । पूर्णिमा व्रत, हनुमान जयन्ती, देवी यात्रा, लोकतन्त्र दिवस ।

आजको राशिफल

मेष – आजको दिन बौद्धिक कार्यबाट केही भए पनि लाभ हुने समय छ । व्यावसायिक काम भने बीचमा अवरुद्ध बन्न सक्छ । केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग भइ धनलाभ होला । आफन्तजनको साथले खुशी मिल्नेछ भने दाम्पत्य सुख वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । खेलकूद तथा भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

वृष – तुलनात्मकरूपमा साताकै चुनौतीयुक्त दिन छ । पछिल्तिर बसेर कुरा काट्नेहरु बढनेछन् भने ठूला व्यक्तिबाट पनि आलोचना हुन सक्छ । वादविवादको समेत सम्भावना रहेकोले सक्दो मौनता धारण गर्नु हितकर होला । हातहतियारबाट जोगिने विशेष प्रयास गर्नु उचित हुनेछ । छरछिमेकसंग सामान्य मनमुटाव बढ्नसक्छ, तर हानी नै पुग्ने अवस्था भने होइन । मान्यजन वा अभिभावकवर्गलाई रुष्ट हुन नदिन व्यवहारमा सरलता अपनाउनुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – राजनीतिमा बर्चस्व बढाउन सकिने समय भएपनि जागिरे कार्यमा केही समस्या पैदा हुनसक्ने दिन छ । काममा झमेलाको सामना गर्नुपर्ला । प्रेमभाव वृद्धि हुनेछ भने ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । प्रयत्न गर्दा जस्तोसुकै समस्याको समाधान प्राप्त हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कर्कट – ब्यस्तता बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम मिल्नसक्ने समय छ । सोचेको काम पुरा हुन सक्छ, तर अध्ययन/अध्यापनमा खासै मन नजाला । पाहुना आगमनको योग रहेको छ । सामाजिक उत्तरदायित्व हासिल होला । नयाँ काम र जिम्मेवारी हात पर्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – पराक्रम वृद्धि हुनेछ । आजको दिन आवश्यक परेका प्रायः सबै कामकुराहरू बन्नेछन् । आर्थिक लाभ हुन समय छ । आम्दानीको नयाँ श्रोत फेला पर्न सक्छ । सकारात्मक कर्मबाट ठूला व्यक्तिको विश्वास जित्न सकिएला । बौद्धिक क्षमतामा प्रस्फुटन हुनाले सृजनात्मक काममा सफलता पाइने छ, ब्यापारमा पनि फाइदा हुने योग छ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या – नियमित कार्यमा व्यवधान पैदा भइ चिडचिडापनले पैदा हुनसक्ने समय छ । विगतमा गरेको गल्ती–कमजोरीका कारण तनाव सिर्जना हुन सक्छ । घरायसी सम्पत्तिको चिन्ताले पनि सताउने योग छ । समयले खासै साथ नदिने देखिएकोले महत्वपूर्ण कार्ययोजना थाती राख्नु उचित हुनेछ । सामाजिक मर्यादामा संकट आउन नदिन विशेष प्रयास गर्नुहोला । प्रतिकुलताका बाबजुद पराक्रम बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ ।

तुला – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । कुनै विशेष काममा नजिकका नातेदारको साथ–समर्थन मिल्ने दिन छ । रुपैयापैसा तथा अन्नलाभ हुने समय छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग भएकोले प्रयत्न गर्नु उचित हुनेछ । कृषि तथा पशुपालनमा रहेकालाई फाइदा नै हुनेछ । आरोग्यता रहला । खर्च भने केही वृद्धि हुनसक्छ, सचेत रहनुहोस् ।

वृश्चिक – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । धन कमाउने माध्यमको थालनी पनि हुन सक्छ । सोचेका काममा सफलता मिल्नेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारमा पनि सुखको माहोल बन्न्नेछ । खर्च भने केही वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । । दिन खुशी साथ बित्ने देखिन्छ ।

धनु – दिन शुभदायी रहला । परिवारमा खुशीको माहोल छाउनेछ । नयाँ स्थानको यात्रा हुने र यात्रागत कार्यबाट केही धनको पनि आर्जन हुनसक्ने योग छ । पुराना साथीसंगको भेटघाटले मन हर्षित होला । कर्मबल बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहनेछ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ ।

मकर – समय मध्यमस्तरको छ । सोचेअनुरुप काम पूरा गर्न कठिन पर्ने समय छ । दैनिक प्रयोगको सामान बिग्रनाले अर्थहानी हुन सक्छ । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । कुनै नयाँ समाचारले खिन्नता पनि बढ्न सक्छ, धैर्य राख्नु उचित हुनेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य भने कायम रहला । भएको दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुने समय छ, तथापि नजिकका साथीभाइकै कारण सोचेको काममा बाधा आइपर्न सक्छ । अरुको काम धेरै गर्नुपर्ला, कामको जश पनि कमै मिल्ने देखिन्छ । छर–छिमेकमा भने केही असमझदारी बढ्नसक्छ, सचेत रहनुहोला । दौडधुप बढ्नेछ । मिठो भोजन प्राप्त हुने योग छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष लाभ छ ।

मीन – धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइने समय छ । सामान्य अस्वस्थताको सम्भावना रहेपनि आत्मबल कायम रहनेछ । खर्च केही वृद्धि हुन सक्छ । रसरागमा आकर्षण बढ्नेछ । दाम्पत्यसुख बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ । साझेदारीको काम बन्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ ।