कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारद्वारा सपथग्रहण

कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारद्वारा सपथग्रहण


कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।

कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन् । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)को तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक थिए ।

गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेको १५ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले बिहीबार (१३ वैशाख) विश्वासको मत लिने तयारी गरेका छन् ।

photo: rss