आजको पञ्चाङ्ग एवम् राशिफल (१३ वैशाख २०८१ बिहीबार, २५ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ वैशाख २०८१ बिहीबार, २५ अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख १३ गते तद्अनुसार सन् २०२४ अप्रिल २५ तारिख बिहीबार वैशाख कृष्ण पक्षको प्रतिपदा ६ः३ पर द्वितीया तिथि विशाखा नक्षत्र व्यतिपात योग तैतिल करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३२ मा भयो र सूर्यास्त साँझ १८ः३४ मा हुनेछ ।

आजको राशिफल

मेष – पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने समय छ । रोकिएका तथा साझेदारीको काम बन्नेछ भने ब्यापारमा सोचेअनुरुपको फाइदा मिल्न सक्छ । शत्रु र रोग पन्छाउने उचित समय छ, प्रयास गर्नुहोला । दाम्पत्यसुख बढ्नेछ । आमोदप्रमोदयुक्त दिन रहनेछ ।

वृष – आकस्मिकरूपले सफलता वा असफलता मिल्नसक्ने दिन छ । रुपैयापैसाको कारोबार हुने दिन छ । मनैदेखि गरेका कामहरू सफल हुनेछन् भने पहिलेका अधुरा कामहरुले पनि पूर्णता पाउने योग छ । खर्च भने केही बढ्न सक्छ, सचेत रही व्यवहार गर्नु उचित हुनेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तसुख प्राप्त होला ।

मिथुन – अनावश्यक वादविवादमा फसिने सम्भावना रहेकोले आजको दिन खासै सुखानुभूति नहोला, ध्यान राख्नुहोस् । कामहरु अधुरा रहनसक्छन्, साथै स्वास्थ्यले पनि राम्रोसँग साथ नदिन सक्छ । मनमा डरले डेरा जमाउने समय छ, सावधान रहेर काम गर्नु हितकर होला । यसका बाबजुद बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – व्यस्तता बढ्नेछ । व्यवारिक समस्याले सताउनसक्ने समय छ । कामहरु अधुरै रहनाले मन खिन्न होला । घरपरिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन, खटपट पर्न सक्छ, सचेत रहनुहोला । पैसाको कारोबार हुने योग छ । ऐश्वर्य वृद्धि हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन रोकिएका अधुरा कामहरु पुरा हुनेछन् भने व्यवहारिक समस्याको हल हुने देखिन्छ । पराक्रम वृद्धि हुनेछ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम रहला । नयाँ कार्य थाल्नुछ भने उति बेला छ । धार्मिक एवम सामाजिक काममा सहभागी हुँदा मन रमाउला । रसरागको भाव वृद्धि होला । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । दिन रमाइलोको साथ बित्नेछ ।

कन्या – सुख वृद्धि हुनेछ । मान महत्व बढ्नेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने समय छ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ । आजको दिन सोच्दैनसोचेको ठाउँबाट आर्थिकलाभ हुने देखिन्छ । साथीभाइसँगको कुराकानीले धनलाभको बाटो पत्ता लाग्ने योग छ । कुनैपनि समस्याकको समाधान मिल्नेछ ।

तुला – आज गरेका कार्यहरु हतपत नबन्ने र बनिहाले पनि मेहनत गरेअनुसारको फल नमिल्ने योग छ । महत्व दिएको कार्यमा बाधा आउनुका साथै आर्थिक हानी हुन सक्छ । स्वास्थ्य पनि खासै सबल नरहला, ध्यान राख्नुहोला । रसरागको भाव वृद्धि हुने समय छ ।

वृश्चिक – रोकिएका कामहरु बन्न थाल्ने समय छ । जोश–जाँगरमा सुधार आउला । आफन्त एवम् मित्रजनले साथ–सहयोग दिनाले मुरादाअनुसारको काममा प्रगति होला । परिआएका समस्याको समाधान हुनेछ । आर्थिक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथी संगको भेटले मन रमाउला । मिठो भोजन प्राप्त हुनेछ । सुख वृद्धि होला । शत्रुपक्ष परास्त हुनेछ ।

धनु – आर्थिक उपार्जनको दृष्टिले धेरै राम्रो समय छ । समस्याहरु आफै किनारा लाग्नेछन् । धैर्यताको मात्रा बढाउन सके धेरै राम्रो समय छ । परिश्रम खेर नजाने दिन रहकोले सक्दो प्रयास र जाँगर बढाउनु हितकर होला । प्रगतिको प्रशस्त सम्भावना देखिन्छ । यात्राको सम्भावना छ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – मित्रजन एवम् घरपरिवारबाट सुखशान्ति मिल्ने समय छ । यात्रागत कार्यको लागि उचित बेला छ । लाभदायक यात्रा हुन सक्छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । दैनिक प्रयोगका सरसामान बिग्रेर दुःख मिल्न सक्छ, होसियार रहनुहोला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । समस्यामा नियमकानूनले साथ दिनेछ ।

कुम्भ – दौडधुप बढ्नेछ । परिवारबाट सोचेअनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुने समय छ । खर्च पनि केही बढ्ला । बढी खर्चले गर्दा मन अशान्त बन्न सक्छ, धैर्य राख्ने कोशिस गर्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । सरसापटमा लगाएको पैसा चाहेरपनि आज फिर्ता नहुने प्रवलता छ ।

मीन – आँटेगरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, तर आज त्यसै–त्यसै समय अलमल गराउने खालको छ । महत्वपूर्ण कार्यमा पनि मन नजान सक्छ । परिवारबाट भने सुख मिल्ने देखिन्छ । प्रेम प्रसंगको बिग्रेको सम्बन्धमा केही सुधार आएपनि मानसिक तनाव कायम रहला । जोखिम र खर्च बढ्ने योग रहेकोले सावधान रहनुहोला ।