आजको पञ्चाङ्ग एवम् राशिफल (१४ वैशाख २०८१ शुक्रबार, २६ अप्रिल २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ वैशाख २०८१ शुक्रबार, २६ अप्रिल २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ वैशाख १४ गते तद्अनुसार सन् २०२४ अप्रिल २६ तारिख शुक्रबार वैशाख कृष्ण द्वितीया तिथि ६ः४६ पर तृतीया तिथि अनुराधा नक्षत्र वरियान योग वणि करण आनन्दादिमा राक्षस योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३१ मा भयो र सूर्यास्त साँझ १८ः३४ मा हुनेछ । साँखु यात्रा ।

आजको राशिफल

मेष – भाग्योदयको समय रहेको छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन्, नसोचेको ठाउँबाट केही लाभ होला । व्यापार तथा उद्योगमा फाइदाको योग छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिनको रूपमा बुझी कर्म गर्नु हितकर हुनेछ । आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने योग छ । प्रशंसकहरू बढ्नेछन् । सकारात्मक कार्यका लागि दौडधुप बढ्नेछ । आमोदप्रमोदमा रम्ने दिन छ ।

वृष – कतिपय अधुरो काम सम्पन्न हुने दिन छ । आर्थिक लाभ पनि होला । रमाइलो तरिकाले काम गर्न पाइनेछ । कतैबाट आर्थिक लाभ हुने समय छ, तथापि चनाखो रहनु आवश्यक छ । पैतृक सम्पतीबाट लाभ हुने देखिन्छ । धर्मिक कार्यमा संलग्न हुने योग छ । साझेदारीको काम बन्नेछ । दामपत्यसुख बढ्नेछ । प्रेमभाव बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्ने दिन भएकोले आज अरुको भर नपरी कर्म गर्नुहोला । केही विवादमा परिने योग छ, सावधान रहनुहोला । खर्च बढ्ने योग छ, आर्थिक कारोबारमा मितब्ययी बन्नु उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । शारीरिक तथा मानसिक आलस्यता बढ्ला । विवादबाट बच्नुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – आजको दिन केही चुनौतीयुक्त रहला । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन् । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने समय छ । जगिरका क्रममा समस्या आउन सक्छ । परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । यसका बाबजुद सन्तानसुख र प्रेमभाव बढ्नेछ । कर्मबल वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । नवीन रोजगारीको सम्भावना पनि छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने योग छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ भने दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । आजको दिन यात्रामा भने विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

कन्या – पराक्रम वृद्धिका साथै व्यस्तता बढ्नेछ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरु फलदायी रहनेछन् । तपाईंको कामको तारिफ हुनेछ । दिगो फाइदा हुने काम सुरु हुने योग छ । नयाँ कामको लागि नयाँ अवसर आउने सम्भावना प्रवल छ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । आफन्तको साथ प्राप्त होला ।

तुला – आजको दिन नयाँ कामको थालनी नगरेकै बेस हुनेछ । बाध्यताका काममा जुट्नुपर्ला । स्वास्थ्यगत समस्याले सताउन सक्छ । बोली र व्यवहारमा लगाम लगाउनु हितकर हुनेछ । खर्चवृद्धि र धननाशको योग रहेकोले विशेष सजग रही आर्थिक व्यवहार गर्नु उचित हुनेछ । चुनौतीका बाबजुद महत्वपूर्ण कार्यमा सफलता पाउन सकिने समय छ ।

वृश्चिक – शुभदायी समय छ । कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ । प्रेमको प्रसंग सुखद रहनेछ भने धनलाभको योग छ । राम्रा ग्रहको प्रभावले मनमा जोश, जाँगर, उत्साह र उमंग देखापर्नेछ । आफूभन्दा ठुला मान्छेको सल्लाहअनुसार चल्नु हितकर हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख वृद्धि होला ।

धनु – आर्थिक क्षेत्रमा उन्नती हुनेछ । परिवारमा पनि खुशीको माहोल छाउनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने समय छ । प्रयासलाई जारी राख्नु उचित हुनेछ । धनलाभको योग छ । लगानी बढ्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर – आजको दिन व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । तर, अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । स्वास्थ्यमा सुधार आउनेछ भने कुनै विशेष योजना बनाइरहनुभएको छ भने अघि बढ्नु उचित हुनेछ । यात्राको योग छ । आज सवारी साधन उपयोग गर्दाचाहिँ विशेष सावधानी अपनाउनुहोला । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ – कर्मबल बढ्नेछ तर समयको गतिलाई पछ्याउन नसक्दा अलिक दुःख पाइएला । खर्च बढ्ने योग छ । मीठो खानाको आनन्द मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सबल स्वास्थ्यका लागि विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

मीन – भाग्यबल बढ्नेछ । आजको दिन प्रयास गरेका काममा सफलता र लाभ मिल्नेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । नोकरीमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । अध्ययन–अध्यापनमा समय दिन नसकिएला । धर्मकर्ममा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।