उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको भन्दै देउवाद्वारा धन्यवाद ज्ञापन

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएको भन्दै देउवाद्वारा धन्यवाद ज्ञापन


नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र बझाङमा शान्तिपूर्णरूपमा उपनिर्वाचन सम्पन्न भएको भन्दै सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै सभापति देउवाले मतदाताको उत्साहपूर्ण सहभागिताबाट फेरि एकपटक नेपाली नागरिकको लोकतन्त्रप्रतिको अगाध र अविचलित आस्था अभिव्यक्त भएको उल्लेख गरेका छन् । उपनिर्वाचनबाट आउने परिणामले मुलुकलाई लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं न्यायपूर्ण समाज निर्माणमा सहयोग गर्नेछ भन्ने विश्वास आफूले लिएको देउवाको विज्ञप्तिमा उल्लेख छ ।

‘निर्वाचनमा संयम र धैर्यका साथ सरिक भई अमूल्य मत खसाल्नु भएकामा इलाम र बझाङका मतदाताप्रति आभार एवं कृतज्ञता व्यक्त गर्दछु । उपनिर्वाचनमा सक्रिय सहभागिता जनाएर अभिव्यक्त भएको अमूल्य मतले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र संस्थागत गर्न थप योगदान पु¥याउने विश्वास छ’, विज्ञप्तिमा भनिएको छ ।

file photo