इलाम उपनिर्वाचन : एमालेलाई पछ्याउँदै कांग्रेस

इलाम उपनिर्वाचन : एमालेलाई पछ्याउँदै कांग्रेस


इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत गरिएको पछिल्लो मतगणनाअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले ३,२४९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई २,४६९ मत प्राप्त भएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु ७०३ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बु पाँचसयभन्दा कम मत प्रप्त गरी चौथो स्थनमा रहेका छन् ।

शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो । सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । यो उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा छन् ।

यस्तै, बझाङ(१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका(९ को मतगणना सम्पन्न भएको छ । प्राप्त परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) को उम्मेदवारको अग्रता कायमै छ ।

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले २,६८० र नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १,९६२ मत प्राप्त गरेका छन् ।